स्विमिङ पुलमा डुबेर तुलाधरको मृत्यु

रूपन्देही | असार ४, २०७९

स्विमिङ पुलमा डुबेर तुलाधरको मृत्यु

बुटवल:  पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर भैरहवामा एक युवकको मृत्यु भएको छ । होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो ।

 

शुक्रबार सांझ साथीहरूसँगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर स्विमिङ्ग पुलमै बेहोस भएपछि उद्धार गरी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको रुपन्देही प्रहरीले बताएको हो ।

 

यसअघि जेठ ३१ गते रुपन्देहीकै तिलोत्तमा नगरपालिका-३ स्थित बीग चियर रिसोर्टको स्विमिङ्ग पुलमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका तिलोत्तमा-१ शंकरनगरका ३० वर्षीय सन्दीप पौड्याल मृत्यु भएको थियो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्